December 6, 2025

Sindhuli Disabled Women Association

सिन्धुली अपाङ्ग महिला संघ

सिन्धुली । सिन्धुली अपांग महिला संघ सिन्धुलीले बाढी पहिरोबाट पीडित बनेका ६१ जना अपांगता भएका व्यक्ति तथा अप्ठ्यारोमा परेका बालबालिकाहरुलाई राहत वितरण गरेको छ ।

असोज ११ र १२ गतेको बाढी र पहिरोबाट पीडित भएका अपांगता भएका व्यक्तिहरु र अप्ठयारोमा परेका बालबालिकालाई राहत वितरण गरिएको संघका अध्यक्ष दिल कुमारी देवकोटाले बताईन ।

सुनकोशी गाउँपालिकाको मुलकोटका बौद्धिक अपांगता भएका बालबालिकाको छात्रवासका ८ जना, कुशेश्वर गुरुकुलमा रहेका ३३ जना, घरमा च्यापिएर मृत्यु भएका एक जना, पूर्ण अपांगता भएका र अति अशक्त १७ जना, कालिमाटी दुम्जाका अपांगता भएका अविभावक २ जना गरि ६१ जनालाई राहत वितरण गरिएको देवकोटाले बताईन ।

उनका अनुसार उनीहरुलाई चामल, दाल, नुन, तेल, मस्यौरा, चिउरा, दालमोठ, विस्कुट, चाउचाउ, नुुहाउने साबुन, लुगा धुने साबुन, सेनेटरी प्याड, डाईपर, फाईबर सिरक, ह्विलचियर १ थान, कम्बोड चियर १ थान लगाएतका सामग्री राहत उपलब्ध गराईएको उनले बताईन ।

बाढी पीडित क्षेत्रमा अपांगता भएका व्यक्तिहरुमा परेको प्रभावका बारेमा तथ्यांक समेत संकलन हुन नसकेको अवस्थामा आफुहरुले जानकारी लिएर राहत वितरण गरिएको उनले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *