कै परिवारमा ३ जना सन्तान अपाङ्गता हुनु भनेको अत्यन्तै सम्वेदनशिल बिषय हो, साथै यस्तो परिस्थितिमा उनिहरुलाई आवस्यक ब्यवस्थापन गर्नु झनै चुनौती पुर्ण कार्य हो। २५-२६ वर्षदेखि निरन्तर सन्तानको उचित हेरचाह गर्दै आउनु हुने बुवा , आमा र दिदीबहिनी सिङ्गो परिवारलाई हार्दिक सम्मान सहित धन्यवाद ! यहि अवस्थामा केहि सानो भए पनि उनिहरुलाई सहयोग गर्न पहल र सहयोग गर्न पाउँदा हामी खुशी त छौ तर हाम्रो सानो सहयोगले उनिहरुको जिवनमा सहजा त होला तर आवस्यकता परिपुर्ति भने पक्कै हुने छैन। आर्थिक सहयोग उपलब्ध गराउने कमलामाई नगरपालिका प्रति हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्दछौ। साचो अर्थमा भन्ने हो भने हरेक पुर्ण रुपमा अपाङ्गता भएका सम्पुर्ण ब्यक्तिहरुलाई न्युनतम आधारभुत आवश्यकता को ब्यवस्था सहित एकै घरमा भएको यस्तो सम्वेदनशिल परिवारको निम्ति भने दीगो आर्थिक सहयोग गरि सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउन सरोकारवाला सरकारी वा गैर सरकारी सङ्घ- सङ्गठन हरुलाई हार्दिक अनुरोध गर्दछु र यस्तो परिस्थितिमा सरकार स्वयं जिम्मेवार रहि उनिहरुको उचित ब्यस्थापन गर्न तत्पर हुन आवस्यक पनि देखिन्छ।
